सन्देश

नेपालको प्राकृतिक श्रोत र साधन मध्येको महत्वपुर्ण वन सम्पदालाई मानवीव आवश्यकता, स्वच्छ वातावरण सहित वातावरणीय सन्तुलन तथा जलावायु समानुकुलनमा टेवा दिन सक्षम बनाउन, देश विकासका लागि वन सम्पदाले राष्ट्रिय अर्थतन्त्रमा बृहत योगदान दिन सक्ने प्राथमिक क्षेत्रको रुपमा स्थापित गर्न संगठित प्रयासको आवश्यकता महसुस गरी प्रजातान्त्रिक वन प्राविधक संघकाे स्थापना भएकाे हाे ।

प्रजातान्त्रिक मूल्य, मान्यता र स्वीकृत विश्वव्यापी वन व्यावस्थापनका सिद्वान्तहरुलाई राष्ट्रिय, प्रदेशिक, जिल्ला तथा स्थानिय स्तरका वन नितीहरुमा समावेश गराउदै वन सम्पदाको दिगो ब्यवस्थापनका लागि बैज्ञानिक वन व्यवस्थापन प्रणाली अवलम्बन गर्दै जनताको अधिकार र उपयोगमा पहुच स्थापित गराउन स्वदेश तथा विदेशमा रहेका क्रियाशिल वन कर्मी, विज्ञ तथा प्राविधीकहरुको सहभागितामा परिचालित हुने गरी यो प्राविधिक संघ, प्रजातन्त्रबादी वन प्राविधिकहरुको साझा संस्थाको रुपमा कृयाशिल हुने छ भन्ने विश्वास लिएका छाै।

जय नेपाल

डा. ठाकुर सिलवाल

अध्यक्ष

Kathmandu Nepal

info@dfan.com

014563201